प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
काठमाडौं । कांग्रेसले चार जना मन्त्रीको नाम टुंगो लगाएको छ ।
नेता रामचन्द्र पौडेल पक्षधरको असन्तुष्टिका कारण अन्य मन्त्रीहरुको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए ।
कांग्रेस एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण र जीवनबहादुर शाहीको नाम टुंगो लगाएका छन् ।
ती नेताका अनुसार केसीलाई शिक्षा र महतलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइनेछ । बाँकी दुई मन्त्रीको मन्त्रालयबारेको टुंगो लाग्न बाँकी छ ।
कांग्रेसले १३ मन्त्रालय पाउने सहमति भएपनि हालसम्म विमलेन्द्र निधि र रमेश लेखक मात्रै मन्त्रीको सपथ खाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij