प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३
बर्दिवास । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको संविधान जनताको आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा आज साँझ कार्यकर्तासँगको भेटघाटमा पूर्वप्रधानमन्त्री खनालले मुलुकको संविधानप्रति गर्व गर्न सक्नुपर्नेमा केही दल संविधानको धज्जी उडाउन लागिपरेको आरोप लगाउनुभयो ।
अहिले पछिल्लो पटक काँग्रेस माओवादी गठबन्धन र मधेसवादी दलबीच भएको तीनबुँदे सहमति संविधान संशोधनका लागि नभएर सत्ता आरोहणको अभ्यास मात्र रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
सरकारले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशङ्का बढाएको खनालको भनाइ थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij