प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३
काठमाडौं– हिजो बिहिवारवाट काठमाडौंको वानेश्वरमा शुरु भएको क्रान्तिकारी महिलाहरुको एकता भेला तथा प्रशिक्षण आज पनि जारी छ । तनि वटा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), क्रान्तिकारी महिला संघ नेपाल, अनेमसंघ (विङ )र राष्ट्रिय गौरवशाली महिला संगठन गरी विभिन्न ६ वटा महिला संगठनको बिचमा एकता भेला गरी क्रान्तिकारी महिलाहरुको नयाँ नेतृत्व चयन गरिने नेत्री देवी खड्काले जानकारी दिइन् ।
भेलामा देशभरीवाट २ सय बढी महिला कार्यकर्ता सहभागि भएका छन् । कतिपय महिलाहरु स—साना दुधे बच्चा लिएर आएका छन् । कार्यक्रममा सहभागी सबै महिलालाइ आज निर्वाचन आयोगका सह सचिव सुर्य अर्यालले निर्वाचन प्रणालीमा महिला सहभागितावारे प्रशिक्षण दिएका छन् ।
‘धेरै महत्वपूर्ण कुरा सुन्न पाइयो ।’ सांसद तथा महिला नेत्री केशरी घर्तीले बताइन् । धेरै लामो समयपछि हुन लागेको स्थानिय निर्वाचनमा स्थानिय हिसावले महिला सहभागिता कसरी बढाउन सकिएला भनेर चासो बढेको र यो प्रशिक्षण समय सान्दर्भिक भएको बाग्लुङ्गवाट आएकी अर्की सहभागी भविकला रोका मगरले सुनाइन् ।
प्रशिक्षण सकिए लगत्तै अमृता थापा मगरले सांगठनिक प्रतिवेदन र देवी खड्काले बिधान प्रस्तुत गर्ने बताइएको छ । बिभिन्न ६ महिला संगठनवाट अमृता थापामगरको नेतृत्वमा ४ सय ५० जनाको अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रिय समिती गठन गरिने पनि नेत्री देवी खड्काले रातोपाटीलाइ जानकारी दिएकी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij