आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रेमिट्यान्स आय ७.७ प्रतिशतले बढ्यो

  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३



  • काठमाडौ । गत आर्थिक बर्षमा कामको खोजीमा विदेसिनेको संख्या घटेपनि विप्रेषण आय (रेमिट्यान्स) भने बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थिती अनुसार गत आवमा विप्रेषण आय ७.७ प्रतिशतले बढेको छ ।
    राष्ट्र बैंकका अनुसार गत आवमा ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ विप्रेषण आय देखिएको छ । यस्तो आय अघिल्लो बर्ष १३.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
    विप्रेषण आयको कुल गार्हस्थ उत्पादनसँगको अनुपात भने २९.६ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो आयको अनुपात २९.१ प्रतिशत थियो ।

    विप्रेषण आय वढेकाले खुद ट्रान्सफर आय पनि वढेको राष्ट्र बैंकले जनाएको छ । गत आवमा खुद ट्रान्सफर आय ९.६ प्रतिशतले बढेको छ । यस्तो आय ७ खर्व ७८ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो आय १२.४ प्रतिशतले बढेको थियो ।

    गत आवमा बैदेशिक रोजगारीमा जानेको संख्या भने १८.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाहलाई वैदेशिक रोजगारीमा जानेको संख्याले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
    लामो समयको मधेश आन्दोलन, भारतीय नाकावन्दी, शुन्य लागतको विषयमा म्यानपावर व्यवसायीको आन्दोलनका कारण गत आवमा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij