आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आयलनिगमको परीक्षा मिति तोकियो

  • प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३



  • काठमाडौं  ।  नेपाल आयल निगममा जागिरका लागि कार्तिक २६ गते देखि मंसिर ११ गतेसम्म परीक्षा हुने भएको छ । आयल निगमले गएको असार ४ गते खोलेको विज्ञापन अनुसार ईन्जिनियरदेखि खरिदारसम्मका कर्मचारीका लािग परीक्षाको मिति तोकेको हो ।
    असार ४ गतेको विज्ञापनअनुसार विभिन्न पदमा माग गरिएका ६२ जना कर्मचारीको लागि करीव १० हजार जनाले फर्म भरेका छन् । धेरै बोनस सुविधा हुने र अतिरिक्त कामको भत्ता पाईने भएकोले आयल निगमको जागिर धेरैका लागि आकर्षक मानिन्छ ।
    आयल निगमले सबै विवरण अद्यावधिक गरेर लोकसेवालाई बुझाउने तयारी गरेको प्रशासन शाखाका प्रवन्धक बीनी श्रेष्ठले बताईन् । ‘अव हामीले सबै तथ्यांक एकदुईदिनमा लोकसेवालाई बुझाएपछि प्रवेश पत्र बाँड्छौँ अनि लोकसेवाले परीक्षाकेन्द्र तोक्छ’ उनले भनिन् ।
    निगमका अनुसार प्राविधिक तर्फको ईण्डष्ट्रियल उपप्रबन्धकको परीक्षा कार्तिक २७ गते हुने भएको छ । प्रथम पत्रको बिहान ११ बजे र द्वितियको दिउँसो १ बजे परीक्षा हुने छ । त्यसैगरी मेकानिकल, सिभिल, ईलेक्ट्रिकल, पेट्रोलियम, कम्प्यूटर तर्फका ईन्जिनियरहरु (प्रबन्धक) र लेखा अधिकृत (सहायक प्रवन्धक) को परीक्षा कार्तिक २७ गते हुने भएको छ । उनीहरुको प्रथम पत्र बिाहन ११ बजे र द्वितिय पत्र दिउँसो १ बजे हुने निगमले जनाएको छ ।
    त्यसैगरी पाचौँ तह नायव सुब्बा तर्फका ल्याव, कम्प्यूटरका बरीष्ठ सहायक र तह ४ को मिस्त्रीको सहायकको कार्तिक २८ गते दिउँसो १ बजे परीक्षा हुने भएको छ ।
    तह ६ को कम्प्युटर-आईटि तर्फको सहायक प्रवन्धकको परीक्षा कार्तिक २९ गते र ३० गते हुने भएको छ । प्रथम पत्रको परीक्षा २९ गते दिउँसो १ बजे र द्वितिय पत्र ३० गते दिउँसो १ बजेका लागि तोकिएको हो ।
    लेखा तर्फ पाचौ तहको बरीष्ठ सहायक पदको परीक्षा मंसिर२ गते ११ बजे प्रथम पत्र र ३ गते दिउँसो १ बजे द्वितिय पत्रको परीक्षा हुने भएको हो । प्रशासन तर्फ छैठौँ तहको सहायक प्रवन्धकको प्रथम पत्र असार ४ गते बिहान ११ बजे र द्वितिय पत्रको दिउँसो १ बजे हुने गरी मिति तोकिएको छ ।
    चौथो तहको प्रशासनसहायक अर्थात खरीदारको परीक्षा मंसिर ७ र ८ गतेका लागि तोकिएको छ । प्रथम पत्र ७ गते ११ बजे र द्वितिय पत्र ८ गते १ बजेका लागि तोकिएको हो । चौथो तहकै लेखा सहायकको मंसिर ९ र १० गते तोकिएको छ । पहिलो पत्र ९ गते बिहान ११ बजे र द्वितिय पत्रको परीक्षा १० गते ११ बजे हुने भएको हो ।
    पाँचौँ तहको प्रशासन तर्फको बरीष्ठ सहायकको परीक्षा मंसिर ११ गते हुने भएको हा । उक्त पदको लागि प्रथमपत्र बिहान ११ बजे र द्वितिय पत्र दिउँसो१ बजे हुने आयल निमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij