मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

४१ जनामा जिकाको भाइरस देखियो

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३



  • सिंगापुर ।  ब्राजिललगायत दक्षिण अमेरिकी मूलकमा फैलिएको जिका भाइरस सिंगापुरमा पनि देखिएको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय ४१ जनामा यो भाइरसको संक्रमण देखिएको बताएको हो ।

    अन्य देशहरुमा जिका प्रभावित क्षेत्रमा पुगेर आएका व्यक्तिमा यो भाइरसको संक्रमण पाउने गरिएपनि सिंगापुरमा स्थानीय स्तरमा नै उक्त भाइरसको संक्रमण फैलिएको बताइएको छ । यसको संक्रमणमा पर्ने धेरै विदेशी कामदारहरु रहेका छन् ।

    उनीहरु सिंगापुरकै एक क्षेत्रमा काम गरिरहेका थिए । उनीहरु कोही पनि जिका प्रभावित देशहरुमा नपुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रमित ४१ मध्ये ३४ जना उपचारपछि निको भइसकेको र ७ जना अझै अस्पतालमा रहेका छन् ।

    जन्म दोष भएका बालबालिका जन्मनुमा जिका भाइरस जिम्मेवार भएको बताइएको छ । जसमा यस भाइरसबाट संक्रमित आमाबाट जन्मने बालबालिकाको टाउको सानो हुनेगर्दछ ।

    यो भाइरस विशेष गरेर लामखुट्टेबाट सर्ने गर्छ तर, यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने पाइएपछि गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले आप्तकालिन अवस्थाको घोषणा गरेको थियो ।

    सिंगापुर गत मेमा पहिलो जिकाको संक्रमण देखिएको थियो । ब्राजिल पुगेर आएका एक व्यक्तिमा उक्त संक्रमण भेटिएको थियो ।

    यो रोग लागेर हत्तपत्त मानिसको निधन भने हुँदैन । यसको लक्षणमा हल्का ज्वरो आउने, आँखा पाक्ने, टाउको, जोर्नी आदि दुख्ने हुन्छ ।

    यसबाट कोहीलाई प्यारालाइसिस पनि हुनसक्छ । यसको हालसम्म कुनै भ्याक्सिन वा औषधि नभएपनि बिरामीले आराम गर्नका साथै र प्रशस्त पानी पिउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij