प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३
पूर्वराष्ट्रपति रामवरण यादवलाई क्यान्सर भएको छ । भारतमा स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टट क्यान्सर देखिएको हो । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने भए ग्रन्थी हो ।
प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन् । भारतको चण्डिगढस्थित नेहरु चिकित्सालय पोस्ट ग्राजुएट इन्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च सेन्टर मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रटेस्ट’ प्रोटेस्ट क्यान्सर देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाव दिएको हो ।
नेपालमा उपचारका लागि प्रविधि नभएपछि यादव अमेरिका जान लागेका हुन् । मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सुझाव दिएको हो ।
नागरिक दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij