आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकार निर्माणमा ढिलाई, कसकस्लाई मन्त्री दिने अन्योलमा नेता

  • प्रकाशित मिति : आइतवार, साउन २३, २०७३



  • काठमाडौं, २३ साउन— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठित सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआवद्ध संघिय गठबन्धनलाई पनि सरकारमा समोबश गर्ने कसरतमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले छलफल जारी राखेकाले सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको हो ।

    मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएकोले दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । यसका साथै काँग्रेस भातृसंगठन नेपाल विद्यार्थी सघको महाधिवेशन, पदको आकांक्षी धेरै, राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरण लगायतका कारणले मन्त्री परिषद् विस्तारमा ढिलाई भइरहेको नेताहरुको भनाई छ ।

    ३ बुँदे सहमति गरेको संघीय गठबन्धनसँग पनि सरकारमा आउने विषयमा छलफल भइरहेकाले मन्त्रिपरिषद्ले तत्काल पुर्णता पाउन नसक्ने माओबादी केन्द्रका प्रबक्ता पम्फा भूषालले बताउनुभयो ।

    उहाँका अनुसार माओवादी केन्द्रले सबै मन्त्रीको टुंगो दुई ती दिनभित्रमा लगाउने छ । यस्तै सत्तारुढ नेपाली कांग्रेसले पनि आज सुरु हुने आफ्नो विद्यार्थी संगठन नेविसंघको महाधिवेशनपछि मात्र सरकारमा सहभागी हुने नेताको नाम तय गर्ने जनाउदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij