आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गर्भवती अवस्थामा नियमित व्यायाम

  • प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३



  • उदयपुर – थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार–सुसार र खानपिनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर, उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने विगत ६ महिनादेखि घरमै बाँधेर राखिएको छ ।

    मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं।– ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की ९खड्का० उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् ।

    गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिँडेपछि उनी बिचल्लीमा परेकी छिन् । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि वृद्ध सासु–ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए ।

    उनले भने– ‘छोरा कहाँ गयो गयो, अत्तो पत्तो छैन् बिरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’

    सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईत पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भने– ‘बुहारी विरामी भएको यत्रो दिन भयो, तर जन्म दिने बुबाआमा त भेट गर्न आउनुपर्ने हो उनीहरु पनि आएका छैनन ।’

    ‘०७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो, तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन्’ न्याउरो मुख लगाउदै खड्काले गुनासो गरे ।

    ‘एक त मानसिक रोगी त्यसमाथि खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन्’ भिमबहादुरले भक्कानिँदै भने ।

    गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुःखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन् । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन्– ‘हामी अधिकारकर्मीहरुको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्नेछौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij