प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी सरसफाई अभियानले निरन्तरता नपाएपछि अहिले सदरमुकाममा दिनानुदिन फोहोर थुप्रिदै गईरहेको छ । यसअघि प्रत्येक हप्ताको आईतबार सल्लेरी सरसफाई गरिदै आएका थियो तर करिब ८ महिना भन्दा अघिदेखी उक्त अभियान निष्क्रीय भएको हो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा जिल्लाका क्रियाशिल राजनैतिक दल, स्थानिय नगरवासी तथा अन्य सरकारी कर्मचारी मिली प्रत्येक हप्ताको आईतबार सरसफाई गरिदै आएको थियो ।
तत्कालीन सोलुखुम्बुका प्रजिअ ढकाल सरुवा भई अन्यत्र जिल्ला जानुभएसंगै यो अभियान ठप्प भएको हो । सदरमुकाम सरसफाई अभियानले २८ हप्तासम्म मात्र निरन्तरता पाएको जिल्ला खानेपानी तथा सरसफाई सव डिविजन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अहिले सदरमुकामको खोला खोल्सीहरुमा जताततै फोहोर थुप्रीएका छन् । जिल्लाको सदरमुकाम सल्लेरीदेखि काठ्मान्डौ जोड्ने मुख्य सडकको आसपासलमा सबैभन्दा बडि फोहोर थुप्रिएको स्थानीयहरु बताउछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij