आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भोलि मनोनयन र पर्सी निर्वाचन हुने

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ अाैं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोटको विवाद सुल्झिएको छ। पार्टीले गठन गरेको निर्देशक समितिले गएराति अबेरमात्रै विवाद सुल्झाएको हो। विवाद समाधान भएपछि स्थगित भएको बन्द सत्र बुधवार १२ बजेबाट सुरु हुने भएको छ।
    निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतका अनुसार मागकर्ताको माग सम्बोधन गरिएको र महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय प्रतिनिधि थप गरिएको छ।
    विधिवत अधिवेशनको माग राख्दै अनसनमा बस्दै आएको पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूह र अनशनमै बसेको अर्को समूहलाई २ः१ को अनुपातमा प्रतिनिधि दिइएको निर्देशक समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य महतले जानकारी दिए।  प्रतिनिधि विवादकै कारण आइतबार ११ औं महाधिवेशनको उद्घाटन भएपनि दुई दिन लगातार बन्द सत्र स्थगित हुँदै आएको थियो। विवाद नरहेका भनिएका ६४ जिल्लामा पनि केही प्रतिनिधिको हेरफेर गरिएको छ।
    मतदाता नामावलीमा समावेश नभएका केहीलाई प्रतिनिधिमा समेटिएको निर्देशक समितिका सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए। पौडेलले विधिवत अधिवेशनको माग गर्दै आएका विद्यार्थी नेताहरुको माग सम्बोधन गरिएको हो।  पौडेलले भने,‘प्रतिनिधिमा छुटेकालाई समावेश गरिएको छ। सवै पक्षका प्रतिनिधिलाई मिलाएर विवाद समाधान गरेका छौं। त्यसैले अब निर्वाचन प्रक्रिया अघि बढ्छ।’
    प्रतिनिधि विवाद समाधान भइसकेकाले बुधवार १२ बजेदेखि बन्द सत्र सुरु हुने नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन भने बुधवारै गरिने उनले बताए।  लामिछानेका अनुसार बिहीबार उम्मेदवारी दर्ताका लागि मनोनयन दर्ताका लागि समय तोकिएको छ भने शुक्रवार निर्वाचन हुने छ।
    महाधिवेशनमा अब  झन्डै ३४ सय प्रतिनिधिले सहभागीता जनाउने भएका छन्। विवादित ११ जिल्ला तथा उपत्यकाका केही क्याम्पसमा रहेको प्रतिनिधि छनोटको विवाद समाधान भएपछि करिब ३ सय प्रतिनिधि थपिएका हुन्।  ९ वर्षपछि महाधिवेशन भएकाले नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या धेरै देखिएको छ। अर्को महाधिवेशनदेखि ३२ वर्ष उमेर पुगेका विद्यार्थीले नेतृत्वको अवसर नपाउने गरी विधान संशोधन हुन लागेका कारण पनि नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएको हो।
    अध्यक्षका सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्षबाट  कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।
    महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित  १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गरिने छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij