मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वरिष्ठ रंगकर्मी सुनिल पोखरेल आइसियूमा भर्ना

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्पताल भर्ना भएका छन् । गएराति अचानक स्वास्थ्य गम्भिर भएपछि  १ बजे नर्भिक अस्पताल लगिएको थियो । उनलाई आइसियूमा भर्ना गरेर अब्जरभेसनमा राखिएको जानकारी उनकी श्रीमती एवम् अभिनेत्री निशा शर्माले जानकारी दिएकी छन् ।

    ‘उहाँलाई अलि गाह्रो भएपछि गएराति अस्पताल ल्याएको हो । मुटु सबै ठीक छ, सिटी स्क्यानमा पनि त्यस्तो गम्भिर समस्या केही देखिएको छैन् । अहिले डक्टर आएपछि थप परिक्षण गर्ने कुरा भएको छ’, उनले सेतोपाटीसँग भनिन् ।

    निशाका अनुसार सुनिललाई सिजर एट्याक भएको हो । यो एट्याक फेरि हुन सक्ने भएकाले हाल निगरानीमा राखिएको उनले बताइन्। सुरूमा उनलाई गाह्रो भएपछि हर्ट एट्याकको आशंका गरिएको थियो । सुनिललाई सिजर एट्याक भए पनि कुन प्रकारको भन्ने चिकित्सकहरूले यकिन गरिसकेका छैनन् ।

    निशाका अनुसार न्यूरोको समस्या भएको आशंका रहेकाले थप परिक्षण पछि थाहा हुनेछ ।

    ‘दाइ बोल्नुहुन्छ । मलाई केही भएको छैन् भन्नुहुन्छ तर कहिले होसमा कुरा गर्नुहुन्छ, कहिले बेहोशी किसिमका कुरा गर्नुहुन्छ’, निशाले भनिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij