आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्रिपरिषद छिट्टै बिस्तार हुन्छ – प्रधानमन्त्री दाहाल

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । माआवादीको मन्त्रीहरु छनौट भइसकेको भन्दै उहाँले कांग्रेससँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने वताउनुभयो ।

    बुधबार रिपोटर्स क्लबको बधाई पत्र लिएपछि

    सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले राजनीतिक सहमति र संविधान संशोधनबाट असन्तुष्टहरुको माग सम्बोधन गर्ने प्रयासमा रहेको वताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले यो पटक आफू परिणाम निकाल्ने गरी काम गर्ने संकल्पमा साथ प्रधानमन्त्री भएको दावि गर्दै मधेसी, थारु लगायतको अधिकतम माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै संविधान कार्यान्वयन गर्ने वताउनुभयो ।

    मन्त्रिपरिषदको पहिलो बैठकबाटै सम्बोधनको प्रयास भएको भन्दै उनले छिट्टै समाधान निस्कनेमा आशावादी रहेको उल्लेख गर्नुभयो । यससँगै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij