मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अज्ञात रोग देखिएपछि विद्यालय बन्द

  • प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३



  • बैतडी । विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।

    कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए ।

    एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने – “छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।” छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन ।

    यसैबीच, दार्चुला जिल्लाको खण्डेश्वरीमा रहेको खण्डेश्वरी उच्च मावि क्षति मार्मामा बुकमाण्डौँ नामक गैरसरकारी संस्थाले ५०० किताब हस्तान्तरण गरेको छ ।

    विभिन्न विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको खण्डेश्वरी उच्च माविका प्राचार्य करवीरसिंह बोहराले जानकारी दिए ।

    ‘एक हात एक पुस्तक’ अभियानअन्तर्गत पुस्तक वितरण गरिएको बुकमाण्डौँका अध्यक्ष सुमन खतिवडाले जानकारी दिए । सुदूरपश्चिममा पहिलोपटक दार्चुलाको दुर्गम गाविसमा पुस्तक वितरण गरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij