आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

  • प्रकाशित मिति : आइतवार, भदौ १९, २०७३



  • काठमाडौ  । राजधानीमा जारी नाडा अटो शो आइतबारवाट सकिएको छ । गत भदौ १४ गतेवाट सुरु भएको अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा हेवी इकुपमेन्ट लगायतका एक सय २५ भन्दा वढी स्टलहरु रहेका थिए ।
    यस पटकको अटो शोमा ५० हजारभन्दा वढीले अवलोकन गरेको तथा करोडौको गाडी तथा मोटरसाइकल वुकिङ भएको नाडा अटो मोवाइल एसोसिएसनले जनाएको छ । अटो शोमा विभिन्न कम्पनीका पछिल्ला उत्पादनहरु प्रदर्शनमा राखिएको र नयाँ व्राण्डका गाडी, मोटर साइकल र स्कुटरमा ग्राहको आकर्षण रहेको जनाइएको छ ।
    मेलामा एक लाख १२ हजार देखि २० लाख रुपैयाँ सम्मका मोटरसाइकल तथा १५ लाख देखि ३ करोड रुपैयाँ सम्मका गाडी राखिएको थियो । विभिन्न कम्पनीले आफ्ना उत्पादनको वुकिङ तथा खरिदमा नगद छुट र विभिन्न आकर्षक उपहार योजना समेत ल्याएका थिए । नयाँ र ग्राहक लक्षित योजनाका कारण पनि अघिल्ला बर्षहरुमा भन्दा यसपटक अटो शोमा अवलोकनकर्ताको भिड रहेको आयोजकले जनाएको छ । मेला व्यवस्थापनमा खासै समस्या नरहेकाले पनि अवलोककर्ताले सवै प्रकारका उत्पादनहरुको सहज अवलोकन गरेको जनाइएको छ । nada auto show 2073 (9)
    यस पटकको अटो शो विभिन्न बैंक तथा वित्तीय संस्थाले न्युनतम ५ प्रतिशतमा अटो कर्जा समेत उपलव्ध गराएका थिए । ग्राहकलाई लक्षित गरेर बैंक तथा विभिन्न संस्थाले पर्याप्त कर्जा दिएकाले पनि ग्राहकले वढी सवारी वुकिङ गरेको जनाइएको छ । यस पटक विभिन्न कम्पनीले स्वदेशी तथा विदेशी मोडलका साथमा आफ्ना उत्पादनको प्रदर्शन गरेका थिए । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले उद्घाटन गरेको अटो शो आइतबारवाट भने औपचारिक रुपमा समापन भएको नाडाले जनाएको छ । nada auto show 2073 (16)
    आफुले रोजेको सवारी सहज र सहुलियत दरमा किन्न चाहानेका लागि अटो शो प्रभावकारी वनेको नाडाको भनाइ छ । नाडाले हरेक वर्ष दशै तिहारको पूर्व सन्ध्यामा अटो शो आयोजना गर्ने गरेको छ । यसवाट गाडी खरिद गर्न चाहानेका लागि सहजता मिल्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij