आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दशैंको टिकाको दिन चक्काजाम गर्ने

  • प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३



  • काठमाडौं। नेत्रविक्रम चन्द विप्लव  नेतृत्वको नेकपा (माओवादी)ले दाल, चामल लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य ५० प्रतिशत घटाउन माग गरेको छ ।

    नेकपा माओवादीले केन्द्रीय समितिको ११ औं बैठकबाट निर्णय गरी दाल, चामल, तेल, चिनी, पिठो, दुध, तरकारी, फलफुल, मासु र मसलाको मुल्य ५० प्रतिशत घटाउन माग गरेको हो ।

    नेकपा माओवादीले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी पेट्रोलको मूल्य प्रतिलिटर ४८ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रतिलिटर ३ सय ७८ रुपैयाँ घटाउन माग गरेको छ ।
    माग पूरा गर्नका लागि दवाब दिन माओवादीले असोज २५ गते विजयादशमीका दिन देशव्यापीरुपमा एक घण्टा चक्काजाम गर्ने गरी आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
    नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले इन्धन र दैनिक उपभोग्य वस्तुमा चर्को मुल्य कायम गरेर उपभोक्तालाई ठग्ने काम भइरहेकाले उपभोक्ताको सहभागीतामा आन्दोलन गर्ने गरी असोज २८ गतेसम्मका लागि विरोधका कार्यक्रम तय गरिएको बताए ।

    नेकपा माओवादीले आफ्नो आठौं महाधिवशन आगामी फागुन १ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय समेत  गरेको छ । महाधिवेशनको उद्घाटन सत्र काठमाडौको खुलामञ्च र बन्दसत्र रोल्पाको थवाङमा गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।   रातो पाटीबाट साभार

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij