आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेश निषेध

  • प्रकाशित मिति : मङ्लबार, भदौ २१, २०७३



  • काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

    सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो ।

    दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरवार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे ।

    यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो । तर प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार आएसँगै प्रेसलाई समेत सहज प्रवेश रोकिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij