आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४०६ ले जन्मायो नयाँ शक्तिमा नयाँ विवाद, आज बस्दैछ वैठक

  • प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३



  • काठमाडौं   ।  पार्टीको अन्तरिम केन्द्रीय परिषद् सदस्य विस्तारले नयाँ शक्ति भित्र विवाद जन्मिएको छ । पछिल्लो पटक गत भदौ १५ मा थपिएका चार सय ६ जनाको नामसँगै नयाँ शक्तिमा विवाद उत्पन्न भएको हो ।
    परिषद् विस्तार विवादमा आएपछि नयाँ शक्तिले हाल विस्तारित परिषद् स्थगन गरेको छ । नयाँ शक्तिको केन्द्रीय कार्यलयका तर्फबाट बामदेव क्षेत्रीले सूचना जारी गर्दै विस्तारित परिषद् सदस्यको निर्णय कार्यन्वयन नहुँने बताएका छन् ।

    suchna-nayashakti
    संगठन विभागले तयार पारका प्रस्ताव अनुसार केन्द्रीय परिषद विस्तार गरिएको थियो । तर, नाम सार्वजनिक भएको १० दिनमै निर्णय कार्यन्वयन नगर्ने गरी केन्द्रीय कार्यलयले सूचना जारी गरेको हो ।

    विस्तारित केन्द्रीय परिषद्लाइ लिएर नेता मुमाराम खनालले असन्तुष्टि जनाएको बताइएको छ ।

    विस्तारिक केन्द्रीय परिषद्मा ५ नम्वर प्रदेशबाट पनि कोही परेका थिएनन् । प्रदेशबाट नाम सिफारिस नभएपछि पछि थप्ने गरी पहिलो चरणमा भदौ १५ गते केन्द्रीय परिषद् विस्तार गरिएको थियो । केही ठाँउमा जुनियरलाई परिषद्मा ल्याइएको भन्दै असन्तुष्टि देखिएको छ । सम्बन्धित कमिटिबाट सिफारिस भएका केही व्यक्तिहरुको विषयमा विवाद रहेको र त्यसलाई हल गर्न अहिले निर्णय स्थगन भएको नयाँ शक्तिका एक नेताले बताए ।

    नयाँ शक्तिमा संगठन विभागले तयार पारेको संगठनात्मक प्रस्तावलाई संयोजक डा.बाबुराम भट्टराईले हेरेपछि मात्र निर्णय हुँदै आएको छ ।

    पार्टीभित्र बढेको विवादका विषयमा छलफल गर्न नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी समितिको वैठक आज बस्दैछ । वैठक दिँउसो ३ बजे पार्टी मुख्यालय बबरमहलमा बस्नेछ । आकस्मिक वैठक भनिएकाले एजेन्डा तय नभएको कार्यकारिणी समितिका एक सदस्यले बताए । नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij