प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
तेस्रो वरियताका वावरिन्काले खेल ६–७ (१–७), ६–४, ७–५ र ६–३ ले आफ्नो पक्षमा पारे । उनले यसअघि अस्ट्रेलिया र फ्रान्समा ग्रान्ड स्लामको उपाधि जितेका थिए ।
सर्बियाका जोकोभिचले खेलमा राम्रो शुरुवात गरे पनि चौंथो घण्टामा पुगेको खेलमा अन्त्यतिर वावरिन्कासँग शारीरिकरुपमा प्रतिस्पर्धा गर्न सकेनन् । ३१ वर्षीय वावरिन्काले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै ४६ पटक अंक चोरेका थिए ।
योसँगै उनी युएस ओपनको उपाधि जित्ने दोस्रो धेरै उमेरका खेलाडी बनेका छन् । यसअघि सन् १९७० मा ३५ वर्षीय केन रोसवेलले यो उपाधि जितेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij