मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कलाकार सन्दीपलाई क्यान्सर

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • काठमाडौ   । एक यस्ता कलाकार जसमाथि कलाकारितामा पाइला राख्दै गर्दा जिन्दगीमा समस्याको चाङ लागेको छ । ती उदियमान कलाकर हुन्, मोरङ बयरबयन गाविस वार्ड नम्बर ३ हरकपुरका २७ वर्षिय सन्दीप सेन्चुरी ।

    कलाकारितामा रमाउँदै गरेका उनलाई बोनम्यारो क्यान्सर भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार उनको बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने हुन्छ ।

    दिल्ली स्थित बि एल के अस्पतालले गत बैशाखमा उनलाई बोनम्यारोको क्यान्सर भएको पत्ता लगाएको थियो ।

    उपचारमा करीब ३० लाख लाग्ने भनिएपछि सामान्य आर्थिक अवस्था भएका उनलाई समस्या भएको छ । उनले सहयोग पाए आफूले पूर्नजीवन पाउने भन्दै सहयोगको याचना गरेका छन् ।

    सन्दीपले गायकहरु स्वरुपराज आचार्य, दिपक लिम्बु, प्रमोद खरेल, शिव परियार, दिपेन्द्र रसायली, दिनेश मल्लिकलगायतको स्वर रहेको गीतहरुमा अभिनय गरेका छन् ।
    उनले अभिनय गरेको म्युजिक भिडियोहरु “मैले के गल्ति गरे प्रिए” दिपक लिम्बु, “कमलो मुटु छेडेर गयौ” स्वरुपराज आचार्यको स्वर रहेको भिडीयो युटुब मा हेर्न सकिन्छ ।

    sandip
    यसैबीच उनको उपचारको लागि सहयोगार्थ कार्यक्रमहरु भइरहेका छन । सोही क्रममा अहिलेसम्म करिब ५ लाख भन्दा धेरै रकम संकलन भएको छ । रकम जोहो भन्र्न सके करिब ४ महिना देखि विरामी सन्दिपको तत्काल बोनम्यारो प्रत्यारोपण हुने छ ।

    उनलाई सहयोग गर्न इच्छुकले ग्लोबल आई एम ई बैंक सुकेधाराको खाता नम्बर९१०७०१००००९३२ मा रकम जम्मा गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij