आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आयोजना आफैं अनुगमन गर्छुः प्रधानमन्त्री

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाहरुको आफै अनुगमन गर्ने बताएका छन् ।

    सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर म आफैं अनुगमन गर्छु । सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस् ।’

    बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए । बैठकमा प्रधानमन्त्रीले भने ‘एकातिर विकास आयोजनाहरुमा रकमको अभाव हुने र अर्कोतिर पूँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ । यस वर्ष पूँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पुयाउनुपर्छ । त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ ।’

    बैठकमा प्रधानमन्त्रीले विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ । त्यसका लागि माननीय मन्त्री र सचिवज्यूहरुले आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला ।’

    प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजनाहरु छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।

    बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij