मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मनिषा कोइराला भन्छिन्, ‘म बच्चा चाहन्छु’

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • क्यान्सर रोगमाथि विजय पाएपछि आफ्नो व्यवसायिक जीवन सुरु गरेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले आफूलाई बच्चा चाहेको बताएकी छिन् । उनको एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार गर्न चाहेको बताएकी छिन् ।

    उनले भनिन्, ‘म मेरो परिवारसँग निकै नजिक छु तर उहाँहरु नेपालमा हुनुहुन्छ । घर फर्किंदा म एक्लो महसुस गर्छु । मानिसलाई मानिसकै मायाको खाँचो छ । बाल्यकालदेखि नै म बच्चा एडोप्ट गर्न चाहन्थें ।’

    लामो समयपछि बलिउडमा प्रोमिता सेनगुप्ताद्वारा निर्देशित ‘मौली’ फिल्ममार्फत फिर्ता भएकी मनिषा बलिउडमा पुनः सेटल हुने भएका छिन् ।

    भारतीय संचार माध्यमले उनलाई पुनः विवाह गर्ने योजना छ कि छैन भनेर सोध्दा उनले यसमा स्विकृती जनाएकी छिन् । उनी भन्छिन्, ‘विवाह को गर्न चाहँदैन र ? सुरुमा सबैकुरा राम्रो हुन्छ, तर पछि के हुन्छ तपाईंलाई थाहा हुँदैन । यदि कोही राम्रो मान्छे भेटे म यसबारे सोच्नेछु । अहिले महत्वपूर्ण भनेको पारिवारिक सम्बन्ध स्थापित गर्नु जुन बच्चा एडोप्टले हल हुन्छ ।’

    मनिषाले सन् २०१० मा नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् तर विवाह गरेको दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij