आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

  • प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३



  • भीमदत्तनगर  ।   सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।

    विसं २०४९ मा स्थापना भएको विद्यालयमा हाल ३६७ जना विद्यार्थी अध्ययनरत छन् । दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नुपरेको गणेश निमाविका प्राधानाध्यापक पशुपति मल्लले जानकारी दिए ।

    “निजीस्रोतबाट शिक्षक नराखौँ स्कुल नै चल्दैन ।” प्राधानाध्यापक मल्लले रासससित भने – “चारजना शिक्षकका लागि मासिक रु ४० हजार जुटाउनुपर्ने हुन्छ ।” उनले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा सङ्कलन गर्दै आएको बताए । “इच्छाअनुसार गाउँलेले चन्दा दिइरहनुभएको छ ।” उनले भने – “गतवर्ष रु एक लाख ५० हजार चन्दा सङ्कलन भएको थियो ।”

    विद्यालयले २०६६ सालदेखि शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आएको जनाएको छ । “शिक्षकबाट पनि अध्यापनमा सहयोग हुँदै आएको छ ।” मल्लले भने – “स्कुल पुरानो भए पनि संचरना र व्यवस्थापन हुन सकेको छैन ।” जिल्ला शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा दिने रकमले व्यवस्थापनमा केही सहुलियत भएको विद्यालयले जनाएको छ ।

    त्यसैगरी विद्यालयमा आवश्यक भौतिक संरचनाको पनि अभाव रहेको छ । “भवन छन् तर झ्यालढोका छैनन् ।” मल्लले भने –“अफिस र कम्प्युटर कक्ष एउटैमा छ ।”

    विद्यालयको अन्य आय स्रोत केही नभएको बताउँदै प्राधानाध्यापक मल्लले विद्यालय परिसरमा विद्यार्थीलाई खानेपानीको निकै समस्या रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij