मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अस्पतालमा चिकित्सकको अभाव

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • राजविराज ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा यहाँ बिरामीको उपचारमा समस्या भएको छ ।

    अञ्चल अस्पतालमा २० जना विशेषज्ञको दरबन्दी भए पनि अहिले चार÷पाँचजना मात्र विशेषज्ञ कार्यरत हुँदा उपचारका लागि आउने सेवाग्राहीलाई सेवा दिनमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिलीप साहले बताए ।

    अस्पतालमा रेडियोलोजिस्ट, सर्जन, अनेसलोजेस्ट, नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ, हाडजोर्नी, बालरोग विशेषज्ञसहित करिब एक दर्जनभन्दा बढी डाक्टरको दरबन्दी भए पनि अवश्यकताअनुसार डाक्टर नहुँदा उपचारमा समस्या भएको मेडिकल डा साहले जानकारी दिए ।
    दरबन्दीअनुसार स्त्रीरोगतर्फ समेत अभाव रहेकाले प्रसूति गराउन आउनेलाई पनि विशेषज्ञको अभाव छ ।

    यहाँको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ नभएकाले इमर्जेन्सी केसका बिरामीलाई यहाँ उपचार नपाएर धरान, विराटनगर जस्तो अस्पतालमा पठाउनुपर्र्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

    स्रोत र साधनबाट समेत अभाव रहेको अस्पतालमा यहाँ उपचार गराउन आउने सर्वसाधारण बिरामीलाई समस्या हुनाका साथै उचित उपचार पाउनबाट वञ्चित भएको आफ्ना छोरीलाई उपचार गर्न अस्पताल पुगेका राजविराजका राजेश यादवले गुनासो गरे ।

    अस्पतालको आकस्मिक कक्षमा २५ श्ययाको बेड रहे पनि दिनुहुँ अस्पतालमा बिरामीको चाप बढेकाले उपचार गराउने बिरामीलाई अहिले भुइँमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

    त्यस्तै आकस्मिक कक्षबाहेकका वार्डमा भने ५० श्यया रहकामा यहाँ प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएपछि झन समस्या हुने गरेको अस्पतालबाट थाहा भएको छ ।

    [/checklist]

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij