आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डेंगुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • कञ्चनपुर ।   कञ्चनपुरमा डेंगुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव भएको छ । ‘किट’ अभाव हुँदा डेंगुका बिरामी पत्ता लगाउन गाह्रो भएको हो ।

    जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग अधिकृत हेमराज जोशीले डेंगु रोग पत्ता लगाउने ‘किट’ स्वास्थ्य विभागबाट माग गरेको धेरै समय बिते पनि अझैसम्म उपलब्ध हुन नसकेको बताए । बारम्बार विभागलाई किट उपलबध गराईदिन माग गर्दै आएका भएपनि अझैसम्म उपलब्ध हुन नसकेको उनले बताए । “अस्पतालमा डेंगुका शङ्कास्पद बिरामी आउने गरेपनि ‘किट’ उपलब्ध नहुँदा परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने अबस्था छ”, उनले भने ।

    शङ्कास्पद डेङ्गुका बिरामी हप्तामा दुई/तीनजना आउने भएपनि रोग यकिन गर्न नसकिँदा समस्या भएको छ । एजिड एजिप्टाई जातिको पोथी लामखुट्टेबाट सर्ने डेङ्गु भारतीय राजधानी दिल्ली लगायतका क्षेत्रमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको भएपनि किटकै समस्या रहेको अधिकृत जोशीको भनाइ छ ।

    यस वर्ष भारतबाट काम गरेर फर्केका कञ्चनपुरका दुईजनामा मात्रै हालसम्म डेङ्गुको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमण देखिएका बिरामीको महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij