सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

‘छक्का पञ्जा’ लाई चौतर्फी तारिफ

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • काठमाडौं । गत शुक्रबारबाट प्रर्दशनमा रहेको दिपाश्री निरौलाको डेब्यु निर्देशनमा रहेको चलचित्र ‘छक्का पञ्जा’ हेरेपछि सदाबहार नायिका करिष्मा मानन्धरले फिल्म माटो सुहाउँदो, मन समाउँदो भन्दै फिल्मको खुलेर प्रशंसा गरेकी छिन् ।

    फिल्म हेरेपछि विभिन्न दलका नेतालगायत मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि बीबीसी सम्पादक रबिन्द्र मिश्रसमेतले यसको दिल खोलेर प्रशंसा गरेका छन् । विभिन्न व्यक्तित्वले फिल्मको निकै चर्चा गरिरहेका बेला मानन्धरले पनि फिल्म सबै तरिकाले राम्रो भएको बताएकी छिन् ।

    karishma-manandhar1बिहिबार आफ्नो फेसबुकमा चारवटा फोटोहरु अपलोड गर्दै उनले लेखेकी छिन्, ‘छक्का पञ्जा माटो सुहाउँदो, मन समाउँदो । ’

    फिल्मको थप प्रशंसा गर्दै उनले फिल्म अत्यन्तै राम्रो चलचित्र साबित भएको लेखेकी छिन् । फिल्मको निर्देशन र ‘टीम वर्क’ ले पनि आफूलाई निकै आकर्षित गरेको करिष्माले बताएकी छिन् ।

    chakka-panjaनेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल यो फिल्ममा ६० भन्दा बढि कलाकारले अभिनय गरेका छन् । फिल्मको शीर्ष भूमिकामा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङलागायतको अभिनय छ । ९० लाखमा निर्माण भएको फिल्मले एक हप्ताभित्रै ६ वटा रेकर्ड (डेब्यु महिला निर्देशक, छोटो समयमा तीन करोड व्यापार, एकै दिनमा एक करोडभन्दा बढी, सातमा ६ हल हाउसफूल, मोफसलमा नाइट सो र फिल्म हेर्न तीन प्रधानमन्त्री) बनाउन सफल भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij