आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • पाँचथर । फिदिम नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीबाट वितरण गर्नेभएको छ ।

    सदरमुकाम फिदिममा रहेका सरकारी तथा व्यावसायिक दशवटा बैंकमा धमाधम खाता खोल्ने कार्य भइरहेको छ । फिदिम नगरपालिका–१ का सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिले फेवा विकास बैंक, वडा नं– २ का लागि राष्ट्रिय वाणिज्य बैंक, वडा नं – ३ का लागि एनएनबि वैंक, वडा नं– ४ का लागि माछापुच्छ्ररे बैंक र वडा नं– ५ का लागि नेपाल बैंक लिमिटेडमा खाता खोल्ने व्यवस्था गरिएको छ ।

    यसैगरी फिदिम नगरपालिका– ६ का लागि कृषि विकास बैंक, वडा नं– ७ का लागि सप्तकोसी बैंकमा, वडा नं– ८ का लागि एसविआई बैंक, वडा नं– ९ का लागि ग्लोबल आइएमई बैंक र वडा नं– १० र ११ का लागि सिभिल बैंकमा खाता खोल्ने व्यवस्था गरिएको कार्यालय प्रमुख काजीमान राईले बताए ।

    बैंकमा आएर खाता खोल्न नसक्ने अतिअशक्त वृद्धवृद्धालाई भने नगरपालिका, वडा नागरिक मञ्च, सामाजिक परिचालिकासित आवश्यक छलफल गरेर पायक पर्ने स्थानमा बैंकका प्रतिनिधि गएर खाता खोल्ने व्यवस्था गरिने छ । आगामी असोज १५ गतेसम्ममा बैंकमा खाता खोली सक्नुपर्ने छ । अहिले फिदिम नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने एक हजार १५१ जना रहेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij