आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ : शाक्य

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • नगरकोट  ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् ।

    भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन मिल्दैन भने ।
    अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको हो ।’सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यताको उनले आलोचना पनि गरे ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सुनचाँदीजस्तो संवेदनशील व्यवसाय सम्बन्धी छुट्टै ऐन नहुँदा जिल्ला/जिल्लामा समस्या रहेको बताए ।
    कार्यक्रममा भक्तपुरका दुई वरिष्ठ सुनचाँदी व्यवसायी शाक्यान शाक्य र अष्टबज्र शाक्यलाई सम्मान गरिएको थियो ।

    यसैबीच सङ्घ साधाण सभाले पद्मसुन्दर शाक्यकै अध्यक्षतामा सर्वसम्मत् १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा वसन्तराज शाक्य, द्वितीय उपाध्यक्षमा विजयरत्न शाक्य, महासचिवमा प्रदीपरत्न शाक्य, सचिवमा अष्टरत्न शाक्य, कोषाध्यक्षमा पद्मसुन्दर शाक्य र सहकोषाध्यक्षमा हेमबज्र बज्राचार्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij