आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कामविहीन हुलाक सूचनाको भण्डार बन्छनः मन्त्री कार्की

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • धनकुटा  ।   सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले कामविहीन भएका हुलाक कार्यालयलाई सूचनाको भण्डार बनाउने बताएका छन् ।

    धनकुटाको भेडेटारस्थित नाम्जेमा रहेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट एफएम रिले स्टेसनको उद्घाटन गर्न आज यहाँ आएका मन्त्री कार्कीले सञ्चारको क्षेत्रमा बढ्दो इन्टरनेटको प्रयोगसँगै अहिले हुलाक कार्यालय कामविहीन भएको अवस्थामा विभिन्न क्षेत्रमा हुने विविध घटना सङ्कलन तथा वितरण केन्द्रको रुपमा आफूले विकास गर्न खोजेको बताए ।

    सञ्चार मन्त्रालयमा पनि नाम अनुसारको सूचना नभएका कारण मन्त्रालय नै मुलुकभरका सूचना सङ्कलन गर्ने मुख्य थलोका रुपमा हुने बताए । “सञ्चार मन्त्रालयमा पर्याप्त सूचना छैन, देशभरका हुलाक कामविहीन भएका छन्”–उनले भने, “अब मन्त्रालय र हुलाकलाई सकारात्मक समाचार सङ्कलनको नमूना एवम् उत्कृष्ट सूचना केन्द्र बनाउने पहल गर्छु ।”

    आफू मन्त्री भएको बखतमा नेपाल टेलिकमले दिने सेवा प्रभावकारी बनाउने र रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई सरकारी सञ्चार माध्यम हैन छुट्टै स्वतन्त्र निकायको रुपमा मुलुकको सर्वोत्कृष्ट सञ्चार माध्यमको रुपमा विकास गर्ने बताए ।

    रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले भदौ १ गतेदेखि नेपालका २१ ठाउँबाट एफएम र छ मिडियमवेभ स्टेसनबाट चौबीसै घन्टा रेडियो नेपालको सेवा सुरु भएको बताए । गत भदौ २० गतेदेखि एफएमको परीक्षण सुरु भएको भेडेटार स्टेसनको पाँच किलोवाट क्षमता रहेको र पूर्वका १६ जिल्लामा प्रसारण सेवा प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij