आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हामीबीचको गढबढीमा भारतलाई तान्न खोजियो

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ तर विज्ञहरुको बुझाइमा यसको कार्यान्वयनको चुनौती अझै पनि त्यति नै जटिल छ जति निर्माणमा थियो । संविधान दिवसको दिनमा संविधान मस्यौदा समितिका सभापति रहिसकेका कृष्णप्रसाद सिटौलासँग संविधान कार्यान्वयनका चुनौतीलगायत विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी

    संविधान निर्माण पछिको एक वर्षे अवधिलाई कसरी हेर्नु भएको छ ?

    संविधान कार्यान्वयनमा ढिलाइ भएको छ । संविधान घोषणा भएपछि जसरी राजनीतिक विकास हुनुपर्दथ्यो त्यो हुन सकेन । ओलीजीले प्रतिपक्षलाई साथमा लिएर राष्ट्रिय राजनीतिमा सहमति जुटाउन सक्नु भएन । अहिले नेपाली काङ्ग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ, उहाँले प्रतिपक्षमा पुगेको एमालेलाई साथमा लिएर संविधानलाई कार्यान्वयनमा लैजानुपर्छ । यसैबीच नेपाली काङ्ग्रेस, एमाले र माओवादीलगायत ठूला राजनीतिक दलहरुले सहमति गरेर मधेस केन्द्रित दलहरुसँग समेत वार्ता गरेर सहमति साथ संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने हो तर यसमा ढिलाइ भएको छ । आगामी ढेड वर्षमा तिनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेछ अन्यथा संविधान थिग्रन सक्छ ।

    संविधान कार्यान्वयनका चुनौतीहरु के–के देख्नु भएको छ ?

    चुनौती भनेकै दलहरुबीच सहमति बन्न नसक्नु हो । राजनीतिक दलहरु बीचको ‘कम्प्रमाइज’ले संविधान आएको हो र त्यसको कार्यान्वयनमा समेत ‘कम्प्रमाइज’ भएन भने कठिन हुन्छ । त्यसैले राजनीतिक दलहरु आफ्नो सत्ता स्वार्थको राजनीतिभन्दा माथि उठ्न आवश्यक छ । सबै पार्टीहरु सरकारमा बस्नै पर्छ भन्ने छैन । तर संविधान कार्यान्वयनका लागि राष्ट्रिय राजनीतिमा एकता निर्माण गर्न सक्नुपर्छ । त्यसैका लागि अहिले सरकारमा रहेका दलहरुले एमाले र मधेसी मोर्चासँग वार्ता गरी रहेका छन् । त्यसलाई निष्कर्षमा पुर्याउनु पर्छ । तर जुन गतिका साथ वार्ता, संवाद गर्नु पर्दथ्यो त्यो हुन नसकेको मैले महशुस गरेको छु । ढिलोमा पनि कात्तिक महिनामा स्थानीय तहको निर्वाचन घोषणा गर्न सक्नुपर्छ । अन्यथा चैत महिनामा निर्वाचन सम्भव हुँदैन । यो सालभरीमा स्थानीय निर्वाचन सम्भव भएन भने संविधान कार्यान्वयनमा समस्या पैदा हुन सक्छ ।

    सत्तामा छँदा ‘राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ’ भन्ने तर सत्तामा पुग्न जे गर्न पनि पछि नहट्ने संस्कारले संविधान कार्यान्वयनको वर्तमान अप्ठ्यारोलाई कसरी चिर्न सकिएला ?

    संविधान कार्यान्वयनलाई सत्ताको खेलसँग जोड्नु हुँदैन । सत्ताको खेल बेग्लै विषय हो, संविधान कार्यान्वयनको विषय बेग्लै विषय हो । संविधान कार्यान्वयनमा राष्ट्रिय राजनीति, एकता जुटाउनु सक्नुपर्छ । सबै सहमति सत्तामा जान मात्र हुने अन्यथा नहुने भन्ने छैन । डेमोक्रेसीमा सत्ता/प्रतिपक्ष स्वभाविक रुपले हुन्छ । तर सत्तापक्षको प्रमुख दायित्व भनेको प्रतिपक्षलगायत सबै दलहरुलाई साथमा लिएर अगाडि जानु हो ।

    संविधान निर्माणले सामान्य जनजीवनमा के प्रभाव पार्यो ?

    मूलभूत रुपमा आम नेपाली जनताले चाहेको स्थानीय तहको निर्वाचन नै हो । स्थानीय तहको निर्वाचन नभएको धेरै वर्ष भयो । त्यसैले स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछि त्यसले एउटा नयाँ वातावरण सिर्जना गर्दछ । तर स्थानीय तहको निर्वाचन घोषणा हुन अगाडि राष्ट्रिय राजनीतिमा कसरी सहमति जुटाउने भन्ने कुराको निष्कर्ष निकाल्न सक्नु पर्छ । त्यसका लागि जसरी तीव्र गतिले वार्ता–संवाद हुनुपर्ने हो त्यो भएको पाइएको छैन । त्यसकारण सत्तापक्षले त्यसलाई तीब्रता दिनुपर्छ ।

    संविधान संशोधनका लागि न्यूनतम दुई तिहाई चाहिन्छ, सर्वसम्मत हुनु राजनीति विषय हो । सर्वसम्मत हुने अवस्था म देख्दिनँ । दुनियाँमा कहीँ पनि त्यस्तो हुँदैन । डेमोक्रेसीमा सर्वसम्मत कहीँ पनि हुँदैन । डेमोक्रेसीमा बहुमत अल्पमत नै हुन्छ ।

    संविधान संशोधन गर्ने विषयमा एमाले सकारात्मक हुन सकेको छैन, संविधान कार्यान्वयनको दिशामा दलहरु कसरी अगाडि बढ्लान् त ?

    संविधान संशोधनका लागि न्यूनतम दुई तिहाई चाहिन्छ, सर्वसम्मत हुनु राजनीति विषय हो । सर्वसम्मत हुने अवस्था म देख्दिनँ । दुनियाँमा कहीँ पनि त्यस्तो हुँदैन । डेमोक्रेसीमा सर्वसम्मत कहीँ पनि हुँदैन । डेमोक्रेसीमा बहुमत अल्पमत नै हुन्छ । संविधान संशोधनमा दुई तिहाई चाहिन्छ र कानुन निर्माणमा बहुमत चाहिन्छ । अब त्यसको कार्यान्वयनको सन्दर्भमा चाहे– संविधान होस, चाहे– कानुन होस, त्यसमा जटिलता देखिन्छ । जटिलता फुकाउने मुख्य भूमिका सरकारमा रहने दलहरुको हुन्छ । उनीहरुले यसमा अग्रसरता देखाउँदै अगुवाइ लिन सक्नु पर्यो । जटिलता त आउँछन्, समाधान दिन सक्नु पर्यो ।

    यस विषयमा सरकारलाई कत्तिको गम्भीर पाउनु भएको छ ?

    गम्भीर छ भन्नु पर्यो नि । हाम्रो समर्थनको सरकार हो । तर अघि मैले जे भने संविधान कार्यान्वयनको सवालमा संवादलाई जसरी प्रमुखताका साथ लैजानु पर्ने हो त्यो हुन सकेको छैन ।

    संविधान जारी भएसँगै सङ्घीयताको विवाद जसरी सतहमा आएर थिग्रिएको छ, यसलाई अगाडि बढाउन कस्तो पहल गर्नु पर्ला ?

    थिग्रिएको छैन । स्थानीय तहमा गाउँपालिका, नगरपालिकाको विषय नयाँ संरचना ल्याउँदाखेरीको समस्या हो । भइरहेको संरचनामा परिवर्तन ल्याउँदा केही समस्या देखिनु स्वभाविक हो । अहिले जुन आयोग बनेको छ, त्यो आयोग पनि सहमतिकै आयोग हो । त्यसमा सबै पार्टीका प्रतिनिधि बसेको पाइन्छ । उहाँहरुले प्रतिवेदन दिइसकेपछि मात्र यसलाई सम्भाल्न सकिन्छ । तर मैले के भनेको छु भने– संरचनागत रुपमा लामो ‘डिबेट’ हुने अवस्था सिर्जना भयो भने सङ्क्रमणकालीन सिद्धान्त अन्तर्गत भइरहेकै स्थानीय तहको निर्वाचन गरे हुन्छ । यो भनेको स्थायी होइन । नयाँ संरचनाहरुको टुङ्गो लागेपछि अर्को निर्वाचन गरे हुन्छ । तर कुनै बाहानामा निर्वाचन नगर्न मिल्दैन । किनभने निर्वाचनले नै डेमोक्रेसीलाई बचाउने हो । डेमोक्रेसीको मूलभूत तत्व भनेकै निर्वाचन हो । निर्वाचनबाट नै जनताले आफ्नो सार्वभौम सत्ताको प्रयोग गर्न पाउँछन् । त्यसैले स्थानीय तहको निर्वाचन यसै सालभित्र भएन भने अर्को सालमा प्रदेशको, केन्द्रको निर्वाचन सम्भव हुँदैन । डेमोक्रेसीलाई बचाउन पनि निर्वाचनमा जानै पर्यो । कसैले पनि त्यसको अर्को विकल्प सोच्नु हुँदैन ।

    संविधान जारीसँगै असन्तुष्ट रहेको भारतको भ्रमणबाट भर्खरै प्रधानमन्त्री फर्किनु भएको छ । भारतको पछिल्लो मनोदशा कस्तो पाउनु भएको छ ?

    भारत असन्तुष्ट रहेको भन्न मिल्दैन । मेरो अलिक फरक मूल्याङ्कन छ । हाम्रो बीचको गढबढीमा भारतलाई तान्न खोजिएको मात्र हो । प्रधानमन्त्री आउनुभएको छ, उहाँले भन्नु होला नि अनि थाहा हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij