आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेको युवा संघले माग्यो प्रधानमन्त्री राजीनामा

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।

    एमालेले आफ्नो भातृ संगठन युवा संघ नेपाललाई अगाडि सारेर प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको हो । युवा संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी भारत भ्रमणका क्रममा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको आरोप लगाउँदै प्रधानन्त्रीको राजीनामा माग गरेको हो । युवा संघको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ ।

    नेपालको आन्तरिक मामिलाका विषय समावेश गरेर भारतसँग सम्झौता गरेको, नेपालको विदेश मामिला सम्बन्धी दृष्टिकोणमा भारतलाई जर्बजस्ती हावी गराएको, सुगौली सन्धि लगायतका असमान सन्धिका विषयमा कुरा नउठाएको तथा हुलाकी मार्ग लगायतका विकास निर्माणका महत्वपूर्ण परियोजनामा भारतीय चासोप्रति लम्पसार परेको युवा संघको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij