आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालय भवनबाट पठनपाठन सुरु

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • k|eftls/0f dfljdf k7gkf7ga]nfotL /fhs'df/ Xof/Ln] ut r}qdf Ps ;ftf;Dd >dbfg u/]sf] uf]/vfsf] nfk'uflj; # nfk'a];Ll:yt k|eftls/0f dfljsf] ejg . ejg k'glg{df{0fsf] ;Dk"0f{ sfd ;DkGg gePklg oxL ejgaf6 k7gkf7g ;'? ul/Psf] 5 . t:jL/ M k|eftls/0f dflj, /f;;

    गोरखा  । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनःनिर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।

    “पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो” प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भने – “भवन पुनःनिर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।”

    ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनःनिर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । “भवनमा रङ लगाउन बाँकी छ” – उनले भने।

    नेपालमा आफ्नो छदिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनःनिर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुगेका थिए । लापुबेँसीमा छ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनःनिर्माणमा सहयोग गरेका थिए ।

    ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनःनिर्माणमा श्रमदान गरेका हुन् । स्थानीय कामदारसँग मिलेर ह्यारीले वनबाट काठ बोक्ने, ढुङ्गा बोक्ने काम गर्दै भवन पुनःनिर्माणमा सहयोग गरेपछि स्थानीयवासी खुसी भएका थिए । बेलायती परोपकारी संस्था टिम रुविकन युकेले पुनःनिर्माण सुरु गरेको विद्यालय भवन पुनःनिर्माणमा सघाउन ह्यारी सडक मार्गबाट करिब चार घन्टा पैदल हिँडेर लापुबेँसी पुगेका थिए ।

    भूकम्पपछि छिमेकी विद्यालयका भवन पुनःनिर्माणमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था ओइरिएका बेला विकासको दृष्टिले पछाडि परेको उक्त विद्यालयको टहरो पनि बनाउन सकिएको थिएन । त्यसैबेला टिम रुविकन युकेमार्फत एक टोली विद्यालय पुनःनिर्माणमा सघाउने भन्दै गाउँ पुगेको थियो । पछि सोही संस्थाले राजकुमार ह्यारीलाई विद्यालय पुनःनिर्माणमा श्रमदान गराउन गाउँ पु¥याएको हो । १९८ विद्यार्थी पठनपाठन गर्दै आएको विद्यालयमा तीनजना शिक्षकमात्रै सरकारी दरबन्दीका छन् । अन्य आठजना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिक दिनुपर्दा विद्यालय समस्यामा छ ।

    32DF249C00000578-3524870-Prince_Harry_trekked_deep_into_the_Himalayas_to_help_rebuild_a_s-a-105_1459892693423
    विद्यालयको समस्या
    राजकुमार ह्यारीले श्रमदान गरी पुनःनिर्माण गरिएको उक्त विद्यालयमा चर्चा भएजति भौतिक संरचना छैन । विद्यालय भवन पुनःनिर्माणको जिम्मा लिएको संस्थाले तीव्र गतिमा काम अघि बढाउन नसक्दा विद्यालयको पुनःनिर्माण सक्न अझै समय लाग्ने देखिन्छ । टिम रुविकन युकेले विद्यालयमा सौर्य बत्ती पनि जडान गरिदिएको छ ।

    “विद्यालयमा खानेपानीको सुविधा छैन । टेबुल, कुर्सी, डेक्स, बेन्च छैन”, प्रअ गुरुङले गुनासो गर्नुभयो – “भूकम्पले विद्यालय भत्कँदा फर्निचर पुरियो । काम भएका पनि नलाग्ने छन् ।” हालै युके नामक संस्थाले रु दुई लाखमा पाँचकोठे शौचालय निर्माण गरेपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ ।

    दश कक्षासम्म चलेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक कम हुँदा आन्तरिक स्रोतबाटै पारिश्रमिक दिनुपर्ने शिक्षक बढी भएकाले आफूले चिनेका राजधानीस्थित ट्रेकिङ कम्पनीबाट विद्यालय सञ्चालनमा सहयोग गरिदिन चन्दा माग्नुपरेको छ भन्दै प्रअ गुरुङले एक महिनाका लागि रु एक लाख खोज्नुपर्छ, दसैँ आइसक्यो तलब खुवाउन सकेको छैन भने ।

    विद्यालयमा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावासको सुविधा थियो । भूकम्प पछि विद्यार्थी टेन्ट तथा त्रिपालले बनाइएको छात्रावासमा बसेका थिए । तर त्रिपाल टाँगिएको बारीमा खेती लगाएपछि अहिले स्थानीयवासीको घर घरमा विद्यार्थी बस्दै आएका छन् । “विद्यालयको तर्फबाट विभिन्न निकायमा विद्यार्थीलाई दाल, चामल सहयोग माग गरेको छु” – प्रअ गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij