मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रेडक्रसद्वारा एच.आइ.भि. संक्रमितलाई झुल वितरण

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • प्यूठान ।   नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाले आज एक कार्यक्रम गरी एच.आइ. भि. संक्रमित ५० जनालाई प्रति परिवारको १ का दरले सुपानेट झुल वितरण गरेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा विभिन्न गाविसका संक्रमित व्यक्तिहरुलाई बोलाएर झुल वितरण गरिएको हो । सोही अवसरमा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डा. कृष्ण शाहले स्वास्थ्यको लागि सुपानेट झुलको प्रयोग गर्न सजिलो र फाइदाजनक भएको बताए ।

    त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि भुप बहादुर पुनले संक्रमित व्यक्तिहरुले आफुको आत्मबल नगिराई मैले ठिक छु, अरु व्यक्तिसरह काम गर्न सक्छु भन्ने सोंच लिएर समाजमा घुलमिल हुने र सकाराकात्मक कुराहरुलाई अंगाल्दै लैजानु पर्ने सुझव दिए । प्यूठान प्लसमा अध्यक्ष लक्ष्मी घिमिरेले अहिले समाजमा खुलेर काम गर्न सजिलो भएको अनुभव सुनाउंदै आफुहरु जस्ता व्यक्तिलाई समाजमा घुलमिल गराउने वातावरण सृजना गरेका संघ संस्थालाई धन्यवाद व्यक्ति गरिन् ।

    जिल्लामा २००५ साल देखि अहिले सम्म १५० जना संक्रमित व्यक्ति पहिचान भएको र त्यस मध्ये १७ जनाको निधन भइसकेको नेपाल रेडक्रस जिल्ला शाखा प्यूठानका अध्यक्ष गुमानराज पुलामीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij