आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसबाट ७ मन्त्री थपिँदै, को–को बन्दै छन् ?

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौं  ।  कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतले बतायो । कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।

    माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री

    चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका हुन् ।

    को–को बन्दै छन् राज्यमत्री ?
    कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।

    देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।

    राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij