आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीमाथि नै आपत आइलागेपछि…

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौं  ।’  बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालीहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, त्यसो पो रहेछ ? मलाई त पत्तै थिएन ।’

    प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्टाउनतिर चाहिँ नलाग्नु होला ।’

    प्रधानमन्त्रीको छेउमै बसेका ऊर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम ? ढल्केबरमा स्विच थिचेर बत्ती बालेजस्तै राम्रो काम हो ? इण्डियाबाट १० रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने अनि यता ८ रुपैयाँमा बेचेर प्राधिकरण डुबाउने खालको ? यस्तै ‘राष्ट्रवादी निर्णय नउल्टाउनु भन्नुभएको हो ?’

    यसरी जर्नादनले अँठ्याएपछि हो ओलीले अनभिज्ञता प्रकट गरेको । हुन पनि इञ्जिनियरहरुले कुन स्वार्थमा के भन्छन्, त्यही त गर्ने हो हाम्रा नेताहरुले ! अलिक ढिला पुगेका नेता जनार्दन शर्माले दुवै प्रम भएको ठाउँमा प्रष्ट पारे– एउटा कुरा भन्छु, भूपूज्यूलाई सायद थाहा छैन होला ।

    हामीले तपाईंले स्विच थिचेका दिनदेखि भारतलाई मासिक १ अर्ब २० करोड तिर्नुपरेको छ । म अस्ति ढल्केबर पुग्दा यो कुरा थहा पाएँ । ढल्केबर–कजफपुर प्रसारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उनल हामीसँग त्यसको भाडा असुल्दै छ ।

    यति सुन्ने के थियो, अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले आश्चर्य दर्शाउँदै साधे, ‘ए त्यो हो र ! यससम्बन्धी तपाईसँग केही डकुमेन्ट छ ?’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij