आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मत भिन्नता भएपनि चुनावमा एक भएर लडौं : नेत्री कोइराला

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौँ ।   नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने बताएकी छिन् ।

    नेपाली काँग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा सम्मान’ कार्यक्रममा नेत्री कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताइन् ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरिन् ।

    उनले भनिन्, “पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरु चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।” उनले संविधान कार्यान्वयनमा सबै दलहरु एक हुनु आवश्यक रहेको बताउँदै मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताइन् ।

    काँग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताए।

    सम्पर्क समितिका अध्यक्ष गोपाल जोशी, काँग्रेस पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, इन्जिनियर एसोसिएसनका केन्द्रीय सदस्य सुरेन्द्रप्रताप श्रेष्ठ, महिला सङ्घ केन्द्रीय सदस्य रुपा विश्वकर्मा, रमा पन्त, सीता नेपाललगायतले तराई मधेसमा देखिएको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा नेत्री कोइरालाले इन्जिनियर एसोसिएसनमा केही दिनअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा विजयी श्रेष्ठ, महिला सङ्घको केन्द्रीय सदस्य विजयी विश्वकर्मा, पन्त र नेपाललाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij