जाजरकोट । यहाँको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगती विवरण नपठाएपछि रेविज विरुद्धको भेक्सिन जिल्ला अस्पतालमा आएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालयमा रेविज विरुद्धको भेक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका विरामी आएपनि उपचारबिनै फर्कने गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रिय स्वास्थ्य निर्देशनालयले प्रगती विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ ।
अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेविज विरुद्ध लगाउने भेक्सिन नहुँदा विरामीहरु मर्कामा परेको खोपका फोकल व्यक्ती रामपुकार शाहले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थमा आवश्यक विद्युतको अभावमा भेक्सिन जिल्लामा राख्ने गरिएका कारण सवै विरामीहरु जिल्लामा आउने गर्दछन् । जिल्लामा नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाईएको छ ।
सक्ला १ लैखमका धनवहादुर खत्री लाई वहुलाएको कुकुरले टाकेपछि एक दिन हिडेर सदरमुकाम आएपनि भेक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगती विवरण पठाउने हो अनि कहिले भेक्सिन आउने हो अन्योल भएको एक स्वास्थ्यकर्मीले बताए ।
यता औषधीको स्टोर समाल्दै आएका लमवहादुर खड्काले समेत प्रगती विवरण नपठाएका कारण समस्य भएको बताए ।
यो भन्दा एक महिना अघि सर्पदंशको औषधी लुकाएर विरामी रुकुमको चौरजहारी अस्पतालमा रिर्फर जिल्ला स्वास्थ्य कार्यालयले नै गरेको थियो ।