आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्डले मैले भूकम्पपीडितलाई दिन ठिक्क पारेको पैसा दिएर हल्ला गरेः ओली

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • k|]; rf}tf/L M cGt/ ;+jfb g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL k|]; rf}tf/L g]kfnn] a'waf/ Pdfn] kf6L{ sfof{no w'Daf/fxLdf u/]sf] cGt/ ;+jfb sfo{qmddf af]Nb} . tl:a/ M z/b zdf{, /f;;

    काठमाडौं  ।   एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा भूकम्पपीडितलाई दिन ठिक्क पारेको पैसा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएर नचाहिँदो हल्ला गरेको बताएका छन् ।

    बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प पिडितलाई दिन ठिक्क पारेको पैसा अहिले दिँदा प्रधानमन्त्रीले के के न गरे जस्तो गरी हल्ला गरेको बताएका हुन् ।

    प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गरेका उनले पार्टीको नेतृत्वमा सरकार नरहेपनि संविधान कार्यन्वयनको जिम्मेवारीबाट पछाडि नहट्ने बताए ।
    ओलीले भने, ‘अहिले एमालेको भूमिका फेरिएको छ, अब जिम्मेवार प्रतिपक्ष भएको छ । तर राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र संविधान कार्यन्वयनको पक्षमा सधैं जिम्मेवारीका साथ लाग्नेछ।’

    सम्बोधनको अधिकाशं समय प्रधानमन्त्री प्रचण्डप्रति आक्रामक देखिएका ओलीले भने, ‘एमालेलाई तराई विरोधी,जनजाति विरोधी र छिमेकी विरोधी भनेर संगठित रुपमा हल्ला फैलाएको छ,यसलाई चिर्न अभियान नै चलाउनु पर्छ । ’

    ओलीले थपे ‘प्रधानमन्त्रीले विदेशमा गएरपनि नेपालका राजनीतिक दलहरुको र केहि नेताहरुको नाम किटेर आलोचना गर्नुभयो , आफ्नो पदको र देशको पनि ख्याल गर्नु भएन । लज्जाको विषय हो ।’

    सरकारप्रति आक्रोशित हुँदै उनले म्यादी सरकारले निर्वाचन गराउला भन्ने कुनै आस नरहेको बताए ।
    प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा जारी भएका दुई देशबीचको संयुक्त विज्ञप्तीका केहि बुद्धाहरु स्वीकार्न नसिकने समेत उनले बताए । उनले आफ्नो पालामा भारत र चीनसँग धेरै महत्वपूर्ण सम्झौता भएको बताउँदै भने, ‘चीनसँगको पारबहन सन्धि र भारतसँगको विसखापट्नम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता ठूलो उपलब्धी हो ।’

    आफ्नो पार्टीको एकता देखेर केहि आत्तिएको बताउँदै ओलीले भने ‘एमाले मिलेको देखेर केहि द्वन्द्व चर्काउन सकिन्छ कि भनेर लागेका छन् । नभएको समस्या छ भन्दै हल्ला गदै हिडेका छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij