मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ग्यास्ट्राइटिस भए के गर्ने ?

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • हामीले खाएको खाना आमाशयमा चारदेखि ६ घन्टासम्म  रहन्छ । त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नलाई त्यहाँ विभिन्न पाचन रस आउने गर्छ । त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र पेप्सिनले महत्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूको काम आमाशयमा रहेको खानालाई सहज रूपमा पचाउने हो । यिनीहरूले शरीरका कुनै पनि भागलाई असर नगरी खानालाई पचाउने काम गर्छन् । तर, शरीरको आफ्नै सुरक्षा प्रणाली कमजोर भयो र सहज रूपमा पाचन प्रक्रिया हुन सकेन भने हामीलाई ग्यास्ट्राइटिस हुन्छ । तर, ग्यास्ट्राइटिस हो/होइन भन्ने परीक्षणपछि मात्र थाहा हुन्छ ।

    लक्षण

    छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्नु

    पेट पोल्नु, भोक हराउनु, पेट ढुस्स भएकोजस्तो हुनु या भारी हुनु

    विनाकारण टाउको दुख्नु,

    वाकवाकी लाग्नु, बान्ता हुनु र कहिलेकाहीँ बान्तामा रगत देखिनु

    कालो दिसा आउनु, खाना नपच्नु आदि

    ग्यास्ट्राइटिस बिग्रँदै जाँदा अल्सर हुने र बारम्बारको अल्सरले क्यान्सर हुने सम्भावना पनि हुन्छ

    ध्यान दिनुपर्ने

    चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने रक्सी चुरोट सेवन नगर्ने सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने जुनसुकै रोगको पनि चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने लहैलहैमा औषधि सेवन नगर्ने  ।

    ग्यास्ट्राइटिसबाट जोगिन

    ग्यास्ट्राइटिसबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामान्य जीवनशैली र स्वस्थ खाना नै हो

    सही समयमा खाना खाने

    रेसा र चोकरयुक्त खस्रा मोटा खानेकुरा खाने

    सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने

    पानी प्रशस्त पिउने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij