आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टिकट लिन बिहान ४ बजेदेखि लाइन : २० लाख भन्दा बढी बुकिङ हुने अनुमान

  • प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३



  • b;}Fsf] nflu l6s6 a'lsª b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमडौं   ।  यातायात व्यवसायीहरुले दशैं पर्वका लागि टिकट बुकिङ खुलाएका छन् ।

    व्यवसायीहरुले दशैं सुरु हुन एक साता मात्र बाँकि रहँदा शुक्रबार लामो दूरीका गन्तव्यहरुको टिकट बुकिङ खुलाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङका लागि बसपार्क, सुन्धारा लगायतका स्थानमा २४ वटा काउण्टरको व्यवस्था गरिएको जानकारी दिएको छ । मध्यम दूरीको टिकट बुकिङ भने असोज १० गते मात्र सुरु गर्ने महासंघका कोषाध्यक्ष सुरेश पौडेलले जानकारी दिए ।

    dashain-ticket-line-3व्यवसायीहरुले ढिला गरी बुकिङ खुलाएका कारण काउण्टरहरुमा यात्रुहरुको ठूलो भीड लागेको छ । टिकट बुकिङ गराउन कतिपय यात्रुहरु विहान चार बजे नै नयाँबसपार्कस्थित काउण्टरमा पुगेका थिए । यात्रुहरुले लामो लाइनका कारण टिकट बुकिङ गराउन चार घण्टासम्म पर्खनुपरेको बताएका छन् । उनीहरुले निर्धारित भाडादरभन्दा बढी मूल्य तिर्नुपरेको पनि बताएका छन् ।

    dashain-ticket-line-5व्यवसायीहरुले बढी भाडा लिनका लागि टिकटमा लामो गन्तव्यको नाम लेखेको यात्रुहरुको भनाइ छ । कैलालीको लम्की जाने टिकटका लागि बसपार्क पुगेका यात्रुले काउण्टरमा खटिएका कर्मचारीले धनगढीसम्मको टिकट भिडाएर १ सय ५० रुपैयाँ बढी लिएको गुनासो गरे ।

    dashain-ticket-line-2प्रहरीले टिकटको मूल्यमा हुने ठगी, फर्जी टिकट लगायतका बारेमा उजुरी गर्न बसपार्क लगायतका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ । तर यात्रुहरुले कुनै गुनासो नगरेको प्रहरीले बताएको छ । व्यवसायीहरुका अनुसार दशैंका बेला १५ लाखभन्दा बढी यात्रु टिकट बुकिङ गराएर घर जाने गरेका छन् । गत वर्ष भारतले लगाएको नाकाबन्दीका कारण इन्धनको अभावमा सवारीसाधन पातलो संख्यामा चल्दा निकै कमले उपत्यका छाडेकामा यो पटक २० लाख भन्दा बढी टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ ।

    यात्रुको चापलाई ध्यान दिइ कलंकी र कोटेश्वरबाट दैनिक ३ हजार गाडी उपत्यकाबाट वाहिरिने व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

    dashain-ticket-line-1 dashain-ticket-line-6

    – See more at:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij