प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
काठमाडौ । एनआइसी एशिया बैंकले नयाँ मुद्धति निक्षेप एनआईसी एसिया डबल डिपोजिट योजना लागु गरेको छ । यो योजनामा बैंकको व्यक्तिगत ग्राहकले १२ वर्ष अवधिको लागि न्यूनतम एक लाखदेखि निक्षेप जम्मा गर्न सक्ने जनाएको छ ।
निक्षेपको ब्याज आम्दानीले जम्मा भएको रकम सो अवधिमा दोब्बर हुने जनाइएको छ । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने पनि जनाएको छ ।
साथै, बचत खाता सुविधा सहितको यो योजनाले तुरुन्तै बिना झन्झट आवश्यकता अनुसार ओभरड्राफट उपभोग गर्ने सुविधा प्रदान गर्दछ । यस निक्षेप योजनामा शून्य मौज्दात, क्रेडिट कार्ड सुविधा, दुर्घटना मृत्यु बीमा र निःशुल्क डेबिट कार्ड÷इन्टरनेट र एसएमएस बैकिé सुविधा प्रदान गर्ने जनाएको ५ ।
एन आई सी एशिया बैंक पूँजी, वासलात विवरण र शाखा संख्याकोे आधारमा निजी वाणिज्य बैंक मध्ये ठुलो बैंक हो र यसका नवीनतम योजना र सेवाले हरेक उमेर समूह, लिé र पेशालाई समेट्ने बैंकको लक्ष्य रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij