आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादीको केन्द्रीय समिति घटाउने तयारी

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • काठमाडौं  ।    सत्तारूढ माओवादी केन्द्रले २५ सय सदस्यीय पार्टी केन्द्रीय समितिको आकार घटाउन छलफल सुरु गरेको छ । शनिबार पेरिसडाँडास्थित मुख्यालयमा सुरु पार्टी सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीय समितिको आकार घटाउने प्रस्ताव गरेका हुन् ।

    केन्द्र, प्रदेशदेखि जिल्लासम्मै भद्दा पार्टी संरचना निर्माण गर्दा दैनिक काम सम्पादनलगायत संगठन सञ्चालनमा कठिनाइ भएको भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । आइतबारको बैठकमा सदस्यहरूले उक्त प्रस्तावमाथि धारणा राख्ने कार्यक्रम छ । ठूलो संख्या भएकै कारण भदौ ११ देखि भृकुटीमण्डपमा गर्ने भनिएको पार्टी केन्द्रीय समिति बैठकसमेत हुन सकेन ।

    दाहालले अर्को बैठकको मिति तोक्न सकेका छैनन् । माओवादी केन्द्रको मंसिर अन्तिम साता हुने भनिएको राष्ट्रिय महाधिवेशनसमेत स्थगित भइसकेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले पार्टीको विधि र संगठनात्मक व्यवस्थापनबारे निर्णय लिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij