आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विदेशबाट पठाएको २५ प्रतिशत रकम ऋण तिर्न प्रयोग

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौं   ।    वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.४ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका २ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३ प्रतिशत रकम ऋण तिन लागि प्रयोग हुने गरेको देखिएको आजको कारोबार दैनिकमा समाचार छ ।

    राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक राजगारीमा जने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नका लागि हुने गरेको देखिएको बताउँछन् ।

    राष्ट्र बैंकले पहाड र तराइका ७/७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकम ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रुपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले ऋण उपलव्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij