आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चाडपर्वमा जुवा खेल्नेको अखाडा खोज्दै प्रहरी

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • भक्तपुर  ।   महानगरीय प्रहरी परिसर भक्तपुरले नजिकिँदै गरेको चाडपर्वको लागि विषेश सुरक्षा योजना ल्याएको छ । चाडपर्वमा हुने विभिन्न अपराधिक गतिविधलाई रोक्न विशेष योजना ल्याएको प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
    प्रहरी प्रमुख बज्राचार्यले चाडपर्वको समयमा संस्कार मानेर जुवा खेल्ने परम्पराले गर्दा सामाजिक विकृति निम्तिएको भन्दै सोको न्युनिकरण गर्न जनचेतनाको आवश्यकता रहेको बताइन् ।
    चाडपर्वको नाममा कहि कतै जुवा, कौडा खेलाउने गतिविध भएमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत बज्राचार्यले आग्रह गरेकी छिन् ।

    यसै गरी भक्तपुर नगरपालिका वडा नं. २ च्यामासिंह स्थित एकघरमा जुवाखेली रहेको अवस्थामा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको छ ।
    बिकु नारायण तमखुको घरमा डेरा गरी बस्ने बिक्रम त्वयनाले मा जुवातास खेलाई रहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका २ बस्ने बर्ष ३३ को रामकृष्ण गनेजु, बर्ष ३० को रमेश कुटुव, बर्ष २८ को दिनेश गोसाई, बस्ने बर्ष २७ को बिजय पलीखेल भक्तपुर नगरपालीका १२ बस्ने बर्ष ३० को विकाश भेले, बर्ष २२ को विक्रम त्वयना (कोठामा खेलाएको) रहेका छन् ।
    यसैगरी कपिलबस्तु जिल्ला घरभई सोही स्थान बस्ने बर्ष २५ को अनिल अग्रहरी, भक्तपुर नगरपालिका ६ बस्ने बर्ष २९ को बिष्णु प्रसाद देसेमरु, सुरेन्द्र कुस्मा, भक्तपुर नगरपालिका १५ बस्ने बर्ष ३० को सत्यराम शिल्पकार, सुर्यविनायक नगरपालिका ७ बस्ने बर्ष ३० को बिकास खाटाखो पनि पक्राउ परेका छन् ।
    उनीहरुको साथबाट नगद रकम रु ९८ हजार २ सय १०, तास ९ बुक, खेलमा प्रयोग गरिएको सिमिको दाना प्रहरीले बरामद गरेको छ ।
    उनीहरुमाथि जुवा ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारबाही भईरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij