आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीद्वारा प्रेस सेन्टरको महाधिवेशन उद्घाटन

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौं  ।   माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन राजधानीको राष्ट्रिय सभागृहमा बिहिबारदेखि सुरु भएको छ ।

    महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको प्राथमिकता संविधानलाई कार्यान्वय र सर्वस्वीकार्य बनाउनु हो भन्दै त्यसका लागि प्रेस सेन्टरले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
    विगतमा परिवर्तनको पक्षमा प्रेस सेन्टरले खेलको भूमिकाको प्रशंशा गर्दै प्रचण्डले आगामी दिनमा पनि सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
    ९५ सदस्यीय नयाँ कार्यसमिति तय गर्ने महाधिवेशनमा देशैभरबाट ६ सय प्रतिनिधि सहभागी छन् ।
    महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, खुल्ला उपाध्यक्ष ३, समावेशी उपाध्यक्ष २, महासचिव १, १ उपमहासचिव र कोषध्यक्ष १ जना चयन हुनेछन् ।

    सेन्टरले निर्विरोध कार्यसमिति चयन गर्ने दावी गरे पनि अध्यक्ष लगायतका सबै पदमा आकाक्षी बढी देखिएकाले महाधिवेशनमा ठुलै रस्साकस्सी हुने देखिएको छ ।
    अध्यक्षको लागि ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया र सचिनज रोकाले दावी गरेका छन् ।
    नेतृत्व सर्वसम्मत चयनको प्रयास भइरहेको भएपनि अहिलेसम्म कुरा मिल्न नसकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij