प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो ४ बजेको लागि शीर्ष नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij