आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सम्पादकसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले के भने ?

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडाैँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दिउँसो बालुवाटारमा सत्ता साझेदार दल नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसगँ छलफल गरेपछि साँझ विभिन्न मिडिया हाउसका सम्पादकसँग  छलफल गरेका छन् । छलफलमा प्रचण्डले आफु प्रधानमन्त्री भए पश्चात अहिलेसम्म भएका घटना र त्यसको प्रगतिको बारेमा ब्रिफिङ गरेका थिए ।

    तीन दलबीचको छलफल
    -म प्रधानमन्त्री भएपछि पहिलो पटक तीन दलको बैठक बालुवाटारमा बस्यो । केपी ओली पनि पहिलो पटक बालुवाटार आउनुभयो । आजको बैठकमा चारवटा विषयमा कुराकानी भए । महाअभियोग, संविधान कार्यन्वयन, स्थानीय तहको निर्वाचन र संविधान संसोधन ।

    छलफल राम्रो भयो । मलाई सकरात्मक भएको महसुस भएको छ । दलहरुबीचको दुरी पनि घटदै गएको छ ।

    महाअभियोग पारित गर्न पनि र संविधान संसोधन गर्नपनि दुई तिहाई मत चाहिन्छ । आज बसेको तीनदलका प्रमुखबीचको छलफलमा पनि यही कुरा भयो । त्यसपछि मिडियाका सम्पादकसँग छलफल हुँदैछ । यो पनि सुखद संयोग भयो ।

    -मेरो कार्यकाल चुनौतिपुर्ण छ । मधेश, पहाड र हिमालका राजनीतिक शक्तिहरु मिलाउने, छिमेकी सँगको सम्बन्ध राम्रो बनाउने र न्यानो बनाउदै लैजानु पर्ने जिम्मेवारी मेरो काँधमा आइपरेको छ ।
    मैले अहिले भूकम्प पछिको पुनः निर्माण, देशको सुशासन र चुनावलाई केन्द्रमा राखेर काम गरेको छु । असन्तुष्टहरुका माग सम्बोधन गर्न कोसिस जारी नै छ । पुनःनिर्माणकालागि पनि काम भइरहेको छ । दुइदेशमा विशेष दुत पठाएर सम्बन्ध सुधारको कोशिष गरिरहेको छु ।

    – अबको ध्यान मैले संविधान संसोधन र देशलाई निर्वाचनमा लैजाने तिर केन्द्रित गरेको छु । संयोगवस महाअभियोगको प्रस्ताव पनि यहीबेला आयो । यो कुरा पहिलेदेखि नै उठेको थियो । ओलीजी प्रधानमन्त्री भएकोबेला राजनीतिक नेतृत्वसहित २९ जनाको नाममा अख्तियारबाट पत्र काटियो । ‘यो अलि गम्भिर भयो’ भनेर मैले ओलीजिलाई भनेको थिएँ । त्यतीबेला उहाँ अगाडि मुभ गर्नु भएन । अहिले उहाँ प्रतिपक्षमा पुग्नु भयो, म सरकारमा आएँ, यतिबेला उहाँले मुभ गर्नुभयो । महाअभियाेग प्रस्ताव देख्दा सरप्राइज जस्तो भयो तर कुरा चलिराखेको थियो ।

    -प्रस्ताव दर्ता गर्ने दिन पनि आइसिसिमा ओलीजी, शेरबहादुरजी र मेराबीचमा कुराकानी भएको थियो । ओलीजीले ‘अगाडी बढौँ’ भन्नु भयो । शेरबहादुरजीले ‘पार्टीसँग कुरा गर्छु त्यसपछि अगाडी बढौँ’ भन्नुभयो । मैले चाहीँ ‘यो अत्याधिक राष्ट्रिय महत्वको विषय हो, जे गरेपनि मिलेर एकै पटक गरौँ’ भनेर कुरा राखेको थिएँ । मलाई लाग्छ जनमतको हिसाबले पनि र संसदको मतको हिसाबले हेर्दा पनि यो विषय टुंगोमा पुग्छ ।

    निर्वाचन
    -चैतमा नै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा स्पष्ट छ । र यो सम्भव छ । सरकारको कुरा पनि यही हो । स्थानीय तहबाहेक पहिले अरु चुनावमा जाँदा त्यो प्राकृतिक हुँदैन । स्थानीय तह पुनःसंरचना आयोगले ‘मंसिरको पहिलो सातासम्म रिपोर्ट दिन्छु’ भनेको छ । रिपोर्ट आएपछि चुनावको मिति तय गरेर सरकार बाँकी काममा अगाडि बढ्छ ।

    समय नभएमा प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न सकिन्छ । र यो सम्भव पनि छ । ७४ साल कार्तिक मंसिर भित्र प्रदेश र केन्द्रको चुनाव गर्न सकिन्छ ।

    -दलहरुबीच सहमति भयो भने अप्ठेरो कुरापनि सजिलो हुन्छ । सहमति भएन भने सजिलो कुरा पनि अप्ठेरो हुन्छ । जे भएपनि अहिले एक ठाउँमा आउने वातावरण भएको छ । संविधान घोषणामा पनि दलहरुबीचमा एकखालको राष्ट्रिय सहमति बनेको थियो । अब मधेशलाई ल्याउन सके संंविधान कार्यन्वयन हुन्छ । अहिले म सफल हुने या असफल हुने भन्ने मात्रै होइन । हामीले संविधान कार्यन्वयन गर्न सकेनौँ भने सिँगो प्रक्रिया असफल हुन्छ ।

    छिमेकसँगको सम्बन्ध
    -राजनीतिक रुपले स्थिर र आर्थिक रुपले समृद्ध नभएसम्म चीन र भारतसँगको सम्बन्ध स्थिर हुन सक्दैन । हाम्रो विदेश नीतिको विश्वसनीयता पनि कम हुन्छ । राजनीतिक दलहरु झगडा गरिरहने हो भने हाम्रो दुर्भाग्य कायम रहन्छ । गरिबलाई सबैले हेप्छ । उपयोग गर्न खोज्छ । संविधान बनाएका छौँ । परिवर्तन घोषित छ ।

    -यसलाई कार्यन्वयन ग¥यौँ भने विदेश नीति पनि राम्रो हुन्छ । मैले जहिले पनि राष्ट्रको हितलाई ध्यानमा राखेर तलमाथि गर्ने गरेको छु । संविधान जारी हुँदा होस या नाकाबन्दी हुँदा सबैभन्दा आक्रामक मै थिएँ । पछिल्लो पटक देश धु्रबिकरणतिर जान थाल्यो । मधेश एकातीर पहाड अर्कातिर हुन थाल्यो । छिमेकीसँगको सम्बन्ध पनि बिग्रिदैँ गयो । असन्तुष्टलाई जोड्ने नैतिक र राजनीतिक प्राधिकार मसँग भए जस्तो लाग्यो । र म अगाडि बढेँ ।

    -प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा गएकोबेला नेपाको हितमा भारतीय नेतृत्वसँग अधिकतम कुरा राख्ने कोसिस भयो । आफ्नो स्तर मेन्टन गरेर कुरा राखेकोमा सन्तुष्ट छु । त्यसपछि गोवा भ्रमण भयो । नेपालको समग्र हित, देशहरुको सम्बन्धका विषयमा औपचारिक र अनौपचारिक कुराहरु भए । सम्मलेनमा मैले भेटघाट राम्रो बनाउन प्रयास गरेँ । औपचारिक फोरममा नेपालको प्रस्तुती राम्रो भएको भन्दै विभिन्न देशका प्रतिनीधिहरुले बधाइ दिए । तीनदेशका प्रमुख नेताहरुबीचमा भएको गोवाको बैठक संयोग थियो । चिनियाँ राष्ट्रपतिले यो वर्ष कठिन छ, म समय मिलाएर आउँछु भन्नु भएको छ ।

    संविधान संसोधन
    -संविधान संसोधनका चारवटा विषयमाथि छलफल भइराखेको छ । सीमांकनमा केही न केही हेरफेर त हुनै पर्छ । भाषाको सम्बोधन चाहिँ आयोगले गरेको सिफारिसका आधारमा हुन्छ । नागरिकताको व्यवस्था अन्तरिम संविधानको व्यवस्था अनुसार हुन सक्छ ।

    -राष्ट्रिय सभामा सबै प्रदेशको बराबरी र बाँकी जनसँख्याको आधारमा प्रतिनिधित्व गर्न सकिन्छ । अहिले झापा मोरङ र सुनसरीलाई चलाउन पनि कठिन छ । सात प्रदेश पनि चलाउन सकिन्न । त्यसबारेमा कांग्रेस एमालेले पहिला अगाडि सारेको प्रस्तावको वरीपरी जान सकिन्छ । त्यो सम्भव छ । त्यतिमा मात्रै मधेशी दलहरु आउँदैनन् । हामीले संघीय आयोग बनाउने, र त्यसलाई अनुसुचिमा राखेर जान सकिन्छ । आयोगको कार्यकाल पाचँ/ दश वर्षको बनाएपछि जुनसुकैबेला पनि गर्न सकिन्छ ।

    -महाअभियोगसँगै संविधान संसोधनलाई असर नगराेस भन्ने मेराे चाहना छ । हुन त यी जोडिएका बिषय होइनन्, तर नेपालमा नहुने पनि कहिलेकाँही हुन्छ । यतिबेला  तिहार, छट र भारतीय राष्ट्रपतिको भ्रमणका कारण केही लामाे समयका लागि संसद स्थगित भएको हाे ।

    अख्तियारमा अब को आउँछ भन्ने विषयमा आजको तीन दलको बैठकमा राम्रो समझदारी भएको छ । पन्ध्र दिनको लागि संसद बैठक सरेको छ । यो समयले सहमतिलाई असर गर्छ कि भन्ने डर लागि रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij