आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोदावरी मेलामा उत्साहजनक कारोबार

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • काठमाड । कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सुरुभएको गोदावरी मेलामा उत्साहजनक कारोवार भएको छ । दुई दिनमै १५ लाख रुपैयाँ भन्दावढीको कारोवार भएको जनाइएको छ ।

    प्रतिश्पर्धामा प्रथम बनेको सम्झना नर्सरीका संचालक तिर्थ बहादुर महर्जनले मेलामा गोदावरी फूल मात्र प्रदर्शनी तथा ब्यापारका लागि राखेको बताउँदै दुइ दिनमा भएको कारोबारबाट उत्साहित बनेको बताए ।

    उनले गोदावरी फूलको माग अत्यधिक भएको जनाए ।

    यसैगरि टिटिआर बंगलामुखी नर्सरीका संचालक रुद्रकुमार सुनुवारले आफ्नो स्टलबाट बगम्बेली र गोदावरीको कारोबार उच्च रहेको बताए ।

    दैनिक ५० हजार भन्दा बढीको कारोबार गरिरहेको बताउँदै सुनुवारले शनिबारको कारोबार उच्चहुने बिश्वास ब्यक्त गरे ।

    तिहार तथा छट पर्ब लक्षित गोदावरी मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक स्टल गरि ४२ वटा स्टल रहेका छन् ।

    मेलामा ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष रहेको जनाइएको छ ।

    आर्थिक बर्ष २०७२÷७३ मा १ अर्ब ३४ करोडको कारोबार गर्न सफल पुष्पब्यबसायले ४१ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij