आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनियमितता गर्नेलाई कारवाही हुन्छः मन्त्री भण्डारी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • भद्रपुर । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरुप सरकारले रु १० लाख दिने तयारी गरिरहेको बताएका छन् ।

    जिल्ला वन कार्यालय झापाको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उनले वन क्षेत्रमा हुने अनियमिततामा संलग्न हुने जो कोहिलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्री भण्डारीले वन क्षेत्रमा कार्यरत कर्मचारीका समस्यालाई समाधान गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको प्रशङ्ग उल्लेख गर्दै झापाको वन क्षेत्रको विकास गर्न सरकार गम्भीर भएको बताए ।

    निजी वन फस्टाउँने तर सामदायिक वन र सरकारको मातहतमा रहेको वनको क्षेत्र घट्नुलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै उनले वन क्षेत्रको समग्र विकासका लागि इमान्दारीपूर्वक कार्य गर्न कार्यालय प्रमुखलाई निर्देशन पनि दिए ।

    मन्त्री भण्डारीले ध्वस्त एवम् जीर्ण रहेका वन कार्यालयको इलाका भवनकको पुनःनिर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    वन विभागका महानिर्देशक कृष्णचन्द्र आचार्यले वनको दिगो विकासका लागि सम्बन्धीत सबै पक्षबीच सहयोग, समन्वय र सहभागिताको खाँचो रहेको आवश्यकता औल्याए ।

    सो अवसरमा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले झापा जिल्लाको वन क्षेत्रको विकासमा देखिएका समस्या र यसको निराकरणका लागि कार्यालयले सुरु गरिइएको प्रयास, मेची नदीमा तटबन्धन र सामुदायिक वन एवम् निजी वनलगायतका सम्बन्धमा विस्तृत जानकारी गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij