प्रकाशित मिति : सोमवार, कार्तिक १५, २०७३
काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण यही कार्तिक १७ गतेदेखि शुरु हुँदैछ । मुखर्जी बुधबार दिउँसो काठमाडौँ आएर शुक्रबार बिहान भारत फकर्दै छन् ।
नेपाल बसाइँको क्रममा उनी बौद्धको हायात होटलमा बस्नेछन् । यसबीच उनी काठमाडौं लगायत पोखरा र जनकपुरमा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
उनको सवारीको क्रममा ट्राफिक अस्तव्यस्त हुनेभन्दै प्रहरीले उनको सवारी हुने रुटको साटो वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
कुन दिन कति बजे कहाँ जाम हुनेछ ?
बुधबार
१. बिशेष कारणवश बिहान साढे ११ बजे देखि दिउँसो २ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
२. बिशेष कारणवश दिउँसो १ बजे देखि ३ बजे सम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, नारायण गोपाल चोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
३. बिशेष कारणवश दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौेद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
४.बिशेष कारणवशसाँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
बिहिबार
१. बिशेष कारणवश बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
२. बिशेष कारणवशे बिहान पौने १० बजे देखि दिउँसो पौने २ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
३. बिशेष कारणवश दिउँसो ४ बजे देखि साँझ ६ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
४. बिशेष कारणवश साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
५. बिशेष कारणवश साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर ,शंखमुल क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
६. बिशेष कारणवश बेलुकी पौने ८ बजे देखि बेलुकी पौने १० बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, बत्तिस पुतली क्षेत्रमा सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
शुक्रबार
बिशेष कारणवश बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट ,तिनकुने हुदै संचालन हुने सवारी साधन प्रभावित हुने भएको छ । सो अवधीभर उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीेले अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij